Shikhar Insurance
National Life

अवरुद्ध विद्युतीय राहदानी सेवा सञ्चालन

सिंहदरबार संवाददाता
२०७९ आश्विन १०, सोमबार १४:१५
Hyundai
NCELL
NIMB

बैतडी । बैतडीमा अवरुद्ध रहेको विद्युतीय राहदानी (इ–पासपोर्ट) सेवा पुनःसञ्चालन भएको छ । विद्युतीय राहदानी जारी गर्ने सर्भरमा समस्या आएका कारण गत मङ्गलबारदेखि विद्युतीय राहदानी सेवा बन्द भएको थियो । विद्युतीय राहदानी इनरोलमेन्ट तथा विद्युतीय राहदानी सर्भरको कनेक्सनमा समस्या आएको भन्दै राहदानी विभागबाट जानकारी आएअनुसार बन्द गरिएको थियो ।

केन्द्रबाटै उक्त समस्या समाधान गरिएपछि उक्त सेवा सञ्चालन भएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । यसअघि गत असारमा पनि यही समस्याले केही दिन विद्युतीय राहदानी बन्द भएको थियो । जिल्लामा गत जेठ १२ गतेदेखि विद्युतीय राहदानी सेवा दिन सुरु गरिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्