Shikhar Insurance
National Life

भदौ महिनामा २ खर्ब ७३ अर्बले घट्यो व्यापार घाटा

सिंहदरबार संवाददाता
२०७९ आश्विन ९, आईतवार १८:४४
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले गरेको आयात नियन्त्रणको प्रभाव आयात व्यापारमा देखिएको छ । चालु आर्थिक वर्षको भदौ महिनामा नेपालको आयात व्यापार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.०१ प्रतिशतले घटेको छ ।

नेपालले अघिल्लो आर्थिक वर्षको भदौ मसान्तसम्म ३ खर्ब १४ अर्ब ५१ करोड रुपैयाँ बराबरको सामान आयात गर्ने गरेको थियो । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ बराबरको मात्रै सामान आयात गरेको छ । चालु आर्थिक वर्षको पहिलो महिनादेखि नै आयात व्यापार र व्यापार घाटामा समेत गिरावट आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालले चालु आवको पहिलो दुई महिनामा २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको सामान निर्यात गरेको छ । भने, यो अघिल्लो वर्षको सोही समयअवधिको तुलनामा ३४.८८ प्रतिशतले कम हो । अघिल्लो वर्ष भदौ मसान्तसम्म नेपालले ४४ अर्ब ३ करोड रुपैयाँको सामान निर्यात गरेको थियो ।

चालु आर्थिक वर्षको भदौसम्म नेपालको व्यापार घाटा २ खर्ब ४४ अर्ब ९१ करोड पुगेको छ । यो अघिल्लो वर्षको सोही समयअवधिको तुलनामा ९.४५ प्रतिशतले कम हो ।

नेपालको कुल आयात, निर्यात र व्यापार घाटामा कमी आउँदा कुल व्यापारसमेत १५.७० प्रतिशतले घटेको भन्सार विभागको तथ्यङ्कले देखाएको छ । गत वर्ष ३ खर्ब ५८ अर्ब ५५ करोड रुपैयाँको व्यापार भएकोमा यस वर्ष ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको तुलनामा यो १५.७० प्रतिशतले कम हो ।

गत वर्ष ७.१४ गुणा रहेको आयात निर्यात अनुपात अहिले ९.१४ गुणा पुगेको छ भने कुल व्यापारमा निर्यातको हिस्सा १२.२८ प्रतिशत रहेकोमा चालु वर्षको भदौ मसान्तमा ९.४९ प्रतिशतमा सिमित हुन पुगेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्