Shikhar Insurance
National Life

बाराको टाङ्गीयाबस्तीमा बल्यो बिजुली, २ करोड ३४ लाख बराबरको लगानी

सिंहदरबार संवाददाता
२०७९ आश्विन ९, आईतवार १७:०६
Hyundai
NCELL
NIMB

काठमाडौं । लामो समयदेखि अध्याँरोमा बस्दै आएका बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाङ्गीयाबस्तीका बासिन्दाले यस पटकको दसैँ भने उज्यालोमा मनाउन पाउने भएका छन् । सो बस्तीमा नेपाल विद्युत् प्राधिकरणले विद्युत् उपलब्ध गराएको छ । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाङ्गीयाबस्तीमा वर्षौंदेखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाङ्गीयाबस्तीका नागरिक अध्याँरोमा बस्न बाध्य थिए ।

प्राधिकरणको करिब २ करोड ३४ लाख बराबरको लगानीमा प्रसारण लाइन पुर्याएर शनिबारदेखि बत्ती बलिएको हो । टाङ्गीयाबस्तीमा करिब १ हजार ४ सय ७६ घरधुरी छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, ऊर्जा सचिव, प्राधिकरणका सञ्चालक, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मिलित उच्चस्तरीय टोलीले गत फागुनमा टाङ्गीयाबस्तीको स्थलगत भ्रमण गरी विद्युतीकरणका विषयमा स्थानीयसँग छलफल गरेको थियो । टोलीले टाङ्गीयाबस्तीलाई अध्याँरोमा राख्न नहुने भन्दै विद्युतीकरणको प्रक्रिया तत्काल अगाडि बढाउने प्रतिबद्धता जनाएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सोही प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भएको भन्दै स्थानीयवासीले प्रसन्नता व्यक्त गरेका छन् । ऊर्जा मन्त्रालयले विद्युतीकरणका लागि सहमति दिन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई आग्रह गरेको थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपूर्व गरिने स्थातान्तरणमा सो बस्तीका स्थानीयले उक्त क्षेत्र छाड्ने लिखित प्रतिबद्धता हुनेगरी उक्त बस्तीमा विद्युतीकरण कार्य अगाडि बढाउन सकिने’सहमति दिएको थियो ।

प्राधिकरणका सिमरा वितरण केन्द्र प्रमुख रामु श्रेष्ठले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दिएको सहमतिबमोजिम हरेक घरधनीलाई लिखित कबुलियतनामा गराएर नयाँ बत्ती जडान गरिएको बताए । प्राधिकरणले करिब ७ किलोमिटर ११ केभी लाइन रुख नकाटिकन मोटरबाटोको छेउबाट तानेको छ । रुख नकाट्नका लागि जङ्गल क्षेत्रमा कभरड कन्डक्टर/इन्सुलेटड कन्डक्टर प्रयोग गरिएको छ । टाँगियाबस्तीमा विद्युत् उपलब्ध गराउन १ सय केभिए क्षमताका ४ थान वितरण ट्रान्सफर्मर जडान गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्