काठमाडौं । साताको पहिलो कारोबारको दिन सुनको मुल्य घटेको छ । आइतबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
आइतबार नेपाली बजारमा छापावल सुन प्रतितोला १ हजार रुपैयाँले घटेर ९१ हजार ८ सय रपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावल सुन प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, तेजावी सुन पनि एक हजार रुपैयाँले घटेको हो । आइतबार तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार तेजावी सुन ९० हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला ३० रुपैयाँले घटेको छ । आइतबार चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्