काठमाडौं । साताको पहिलो कारोबारको दिन प्रिओपन सेसनमा दिन नेप्से परिसूचक ०.९७ अंकले घटेको छ ।
त्यस्तै ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.१३ अंकले घटेको हो ।
यसदिन प्रिओपन सेसनमा १० कम्पनीको २ लाख ६ हजार रुपैयाँ बराबरको ९ सय ९८ कित्ता सेयर खरिदबिक्री भएको छ । सो सेसनमा कारोबारमा आएको २ कम्पनीको सेयर मूल्य बढेको छ । ६ कम्पनीको घटेको छ । भने १ कम्पनीको सेयर मूल्य स्थिर छ ।
कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ८३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
मानुशी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १.८८ प्रतिशतले बढेको छ । नेपाल बैंकको १.८७ प्रतिशतले बढेको छ भने अपर हेवाखोला हाइड्रोपावर कम्पनीको सेयर मुल्य १.९८ प्रतिशतले घटेको छ ।
प्रतिक्रिया दिनुहोस्