Shikhar Insurance
National Life

डलरको मूल्य नयाँ रेकर्ड कायम, नेपाली रुपैयाँ बने इतिहासकै कमजोर

सिंहदरबार संवाददाता
२०७९ आश्विन ९, आईतवार १०:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । आइतबार पनि अमेरिकी डलरको मूल्य नयाँ रेकर्ड कायम गरेको छ । केहि समयदेखि अमेरिकी डलरको मूल्य निरन्तर बढ्दो क्रममा देखिएको हो ।

नेपाल राष्ट्र बैंकको एक्सचेन्ज रेट अनुसार आइतबार अमेरिकी डलरको मुल्य १२९ रुपैयाँ ८९ पैसा पुगेको छ । नेपालीले १ अमेरिकी डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्च गर्नु पर्ने भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसअघि शुक्रबारको कारोबारमा अमेरिकी डलरको मूल्य १२८ रुपैयाँ ६७ पैसा पुगेको छ । त्यो रेडकर्डलाई पनि तोड्दै आइतबार डलरको मुल्यले फेरि नयाँ रेकर्ड बनाएको हो । पछिल्लो समय आयातकर्ताहरूबाट डलरको माग र अमेरिकी फेडरल रिजर्भले ब्याजदर बढाँउदा त्यसबाट प्रभावित भई डलरको मूल्य निरन्तर बढ्दै गएको हो ।

नेपालको आफ्नै विनियमदर प्रणाली नहुँदा भारतीय मुद्रामै आधारित रहेर विनिमयदर राष्ट्र बैंकले सार्वजनिक गर्ने गरेको छ । दिनप्रतिदिन भारतीय रुपैयाँ कमजोर बन्दै गएको छ । भारतीय रुपैयाँ नेपाली रुपैयाँको स्थिर विनिमय दर छ । यसले गर्दा भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ समेत कमजोर बन्न पुगेको हो । असोज ९ गते आइतबार नेपाली रुपैयाँ इतिहासकै सबैभन्दा कमजोर रुपैयाँ बनेको छ ।

अमेरिकी डलरको मुल्य महंगिदै जाँदा आयात भने झनै महँगो हुने भएको छ । आयातको भुक्तानी डलरमा गरिने भएकोले डलर महँगो हुँदा बढी रकम तिर्नुपर्छ ।

विदेशी मुद्रको विनिमय दरः

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्