Shikhar Insurance
National Life

इसेवाबाट रेमिटेन्स पठाउनेलाई काठमाडौंमा पाँच आनाको दुई तले घर

सिंहदरबार संवाददाता
२०७९ आश्विन ७, शुक्रबार १८:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । इसेवा मनि ट्रान्सफरले रेमिटेन्स पठाउनेले काठमाडौंमा दुई तले घर दिने भएको छ । २ सय भन्दा बढी देशहरुबाट डिजिटल रेमिटेन्स भित्र्याउँदै आएको इसेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान मार्फत रेमिटेन्स पठाउनेलाई काठमाडौंमा दुई तले घर दिने योजना ल्याएको हो । असोज ७ गतेबाट सुरु भएर फागुन ६ गतेसम्म सञ्चालन हुने अभियान अन्तर्गत विदेशबाट रेमिटेन्स पठाउनेमध्ये एक जनाले लक्की ड्र मार्फत काठमाडौंमा पाँच आना क्षेत्र फलमा फैलिएको दुई तले घर पाउनेछन् । ललितपुरको ठैव क्षेत्रमा पाँच आनामा फैलिएको दुई तले घर खरिद गरिसकेको पनि कम्पनीले जनाएको छ ।

“मेरो डिजिटल देश” अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता अथवा ६० लाख भन्दा बढी प्रयोगकर्ता वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन् ।
साथै, विदेशबाट इसेवा मनी ट्रान्सफर मार्फत आएको नगद रेमिटेन्स आफ्नो इसेवा वालेटमा प्राप्त गरेर यस योजनामा जोकोही ले पनि सहभागिता जनाउन सक्नेछन् । अभियानमा मासिक रुपमा १ जनाले ६ महिना सम्म आकर्षक पुरस्कारहरुको प्याकेज समेत प्राप्त गर्नेछन् । बम्पर पुरस्कारमा भने १ जनाले काठमाडौंमा सुविधा सम्पन्न घर प्राप्त गर्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इसेवा मनी ट्रान्सफरका जनरल मेनेजर सागर खनालले भने, ‘आर्थिक विकास बिना कुनैपनि राष्ट्र समुन्नत बन्न सक्दैन र आर्थिक विकासका लागि देश भित्र र बाहिर रहेका सवै नेपालीको योगदान उत्तिकै महत्वपुर्ण छ, अझ रेमिट्यान्स नेपाली अर्थतन्त्रकै महत्त्वपूर्ण हिस्सा रहेको हुनाले विदेशबाट पैसा पठाउने नेपालीको देश बिकासमा भूमिका अतुलनिय हुन जान्छ । इसेवा मनी ट्रान्सफर स्थापना कालदेखि नै रेमिट्यान्स पठाउँदा लाग्ने सेवा शुल्क कम गर्दै डिजिटल करोवारका लागि समर्पित रहिआएको सबैलाई यथावत नै छ। आज हामी यस अभियान मार्फत विदेशमा रहनुहुने समस्त दाजुभाइ तथा दिदी बहिनीहरुलाइ डिजिटल र वैधानिक माध्यमबाट देशमा रेमिट्यान्स पठाएर देशको आर्थिक उन्नतिमा योगदान पुर्याउन अपिल गर्दै, विश्वभर भएका नेपालीहरुलाइ देश डिजिटल बनाउने अभियानमा जोड्न हामी मेरो डिजिटल देश “ सुरु गर्न लागेको जानकारी गराउन चाहान्छौँ ’ ।

मेरो डिजिटल देश अभियानमा नेपाली सिने जगतका महानायक राजेस हमाल समेत जोडिएका छन् । उनले यस अभियानसंग जोडिएर इसेवा मनी ट्रान्सफर संगै देश तथा विदेशमा गइ डिजिटल रेमिटेन्स सम्बन्धि जागरुकता जनाउने कार्यक्रममा सहभागिता जनाउनेछन् । साथै, चर्चित अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवद्र्धनात्मक बिभिन्न कार्यक्रममा संलग्नता रहने कम्पनीले जनाएको छ । त्यस्तै, इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, ‘यो अभियानमा विश्वको जुनसुकै ठाँउमा रहेका नेपालीहरु सहभागि हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउनु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं । रेमिट्यान्स पठाई नेपालको जीडीपीमा २२ प्रतिशत भन्दा बढी आर्थिक योगदान दिनुहुने ति समस्त सहयोगी हातको सम्मानमा पनि यो अभियान केन्द्रीत हुने छ । विश्वका बिभिन्न देशबाट नेपालमा पैसा पठाएर देशलाइ यतिठुलो आर्थिक योगदान पुर्याउनु हुने ति सहयोगी हातहरु मध्ये केहि लाई ६ महिने यस अभियानका दौरान हामी विशेष रुपमा सम्मान गर्नेछौं ।’

इसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ६० लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रानसफरले आफ्ना सेवाग्राहीहरुलाई आफ्ना १२,००० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विपे्रषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्विकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड दश लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्