Shikhar Insurance
National Life

असोज ८ गतेदेखि चितवनमा पठाओ शुरु हुँदै

सिंहदरबार संवाददाता
२०७९ आश्विन ७, शुक्रबार ०८:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । असोज ८ गते देखि चितवनमा पठाओको राइड सेयरिङ सेवा सुरु हुने भएको छ । यस अगाडि राजधानी बाहिर पहिलोपटक चितवनमा सेवा विस्तार गर्ने बताएको पठाओले मिति घोषणा गरेको हो ।

चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा प्रदान गरिने बताइएको छ । यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यम समेत बन्दै गएको यस प्लाटफर्ममा युवाहरूको आकर्षण बढी रहेको उनी बताउँछिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘चितवनमा पठाओ सेवा विस्तार गर्नुको मुख्य उद्देश्य भनेकै यात्रुलाई सहजता प्रदान गर्नु हो । करिब सबै तयारीहरू पुरा भइसकेका छन्,’ उनी भन्छिन् ‘पार्टटाइम काम गर्न चाहनेलाई पठाओले झन् राम्रो अवसर सिर्जना गरेको छ । आफ्नो रोजाइको समयमा काम गर्न सकिने भएकोले पठाओमा राम्रो आकर्षण छ ।’

चितवनमा पठाओमा आवद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्र सहित भरतपुरमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्छन् । थप जानकारीका लागि ०१-५९७००९९  मा कल गर्न पनि सकिन्छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्