Shikhar Insurance
National Life

ब्याजदर बढाउने निर्णयले अर्थतन्त्रमा थप संकट ल्यायो- महासङघ

सिंहदरबार संवाददाता
२०७९ आश्विन ५, बुधबार २१:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उध्योग बाणिज्य महासङघले ब्याजदर वृद्धिको निर्णय तत्काल फिर्ता लिन माग गरेको छ । बैंकहरुले असोज १ गतेदेखि ब्याजदर बढाउने निर्णय गरेका थिए । ब्याजदर वृद्धिको निर्णयले अर्थतन्त्रमा थप सङ्कुचन ल्याई राजश्वमा समेत २०% गिरावट आएको पनि महासङ्घकाे बताएको छ । संकटको समयमा बैंकर र ब्यवसायीले एक अर्कालाई सहयोग गर्नुपर्नेमा बैंकहरु ब्याजदर वृद्धि गरेर असहयोग गरेको आरोप पनि महासङघले लगाएको छ । महासङघले ब्याजदर वृद्धिको निर्णय फिर्ता गराउन सरकारले हस्तक्षेप गर्नु पर्नेमा जोड दिएको छ । ब्याजदर वृद्धि गर्दैमा निक्षेप वृद्धि नहुने तथ्य प्रमाणित भैसकेकाले नयाँ लगानी निरुत्साहित हुने काम गर्न नहुने पनि भनेको छ । ब्याजदर वृद्धिले घरेलुु तथा साना उध्योग बन्द हुने अवस्थामा पुगेको र उत्पादन लागत बढेर नागरिक जीवन समेत कष्ट कर भैसकेको पनि महासङ्घले दावी गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्