Shikhar Insurance
National Life

काठमाडौंमा स्याउको मूल्यले आकाश छुदाँ मुगुको स्याउले बजार पाएन

सिंहदरबार संवाददाता
२०७९ आश्विन ५, बुधबार १२:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । चाडपर्व नजिकिदै गर्दा काठमाडौं उपत्यकालगायतका सबै जिल्लाहरुमा फलफुलको मूल्य बढेको छ । अन्य समयमा भन्दा चाडपर्वको समयमा फलफुलको उपभोग बढी हुने गर्छ ।

दशैको मुखमा अर्थात् एक हप्ता अघि नै बजारमा स्याउ लगायत अन्य फलफुलको अभाव देखिन थालेको छ । बजारमा फलफुलको अभाव देखिएसँगै मूल्यले आकाश छोएको हो । छिमेकी देश भारतबाट फलफुलको आयत कम भएको र नेपालमा उत्पादन भएको फलफुल पनि विभिन्न कारणले गर्दा बजारमा नआइपुगेकोले फलफुलको मूल्य बढेको व्यपारीहरु बताउछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माग बढेपछि सबै फलफुलको मूल्य बढेको छ । चाडपर्व नजिकिदै गर्दा फलफुलको मूल्य बढेपछि उपभोक्तालाई मारमा परेका छन् ।

हाल बजारमा भरतबाट आयत भएको स्याउको मूल्य २ सय ५० रुपैयाँदेखि ४ सय रुपैयाँसम्म बिक्री भइरहेको छ । काठमाडौं र छिमेकी जिल्लाहरुमा स्याउ लगायत अन्य फलफुलको अभावले मूल्य बढीरहदा मुगुका स्याउ किसानहरु भने स्याउले बजार नपाउँदा चिन्तित बनेका छन् ।

मुगुको स्याउले बजार नपाउँदा किसानले घरकै शीतभण्डारणमा थुपारेर राख्न बाध्य भएका छन् । स्याउ किसान टक्कबहादुर शाही भने, “लगातारको अविरल वर्षाले सडक सञ्जाल अवरुद्ध भयो , सडक नखुलेपछि स्याउ भण्डारण गरिएर राखियो , अहिले स्याउले बजार नै पाएन , स्याउले बजार नपाउँदा कुहिन्छ कि भन्ने चिन्ता छ ।”

यस वर्ष स्याउको उत्पादन बढेसँगै यहाँका किसान निकै खुसी थिए । उनले भने, “६ वर्षदेखि स्याउ बेचेर घर खर्च धान्दै आएको छु , यसवर्ष स्याउ उत्पादन बढेको छ तर बजार पाउन समस्या परेको छ ।”स्थानीय सरकारले स्याउको बजारीकरणमा समन्वय गरिदिन उनले आग्रह समेत गरे ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्