काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य सस्तिएको छ । यसदिन सुन प्रतितोला ५ सय रुपैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावल सुन प्रतितोला ५ सय रुपैयाँले घटेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन प्रतिताला ९१ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, तेजावी सुन पनि प्रतितोला ५ सय रुपैयाँले घटेको छ । बुधबार तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
महासंघका अनुसार चाँदी प्रतितोला १० रुपैयाँले घटेको जनाएको छ । बुधबार चाँदी प्रतिताला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अनतर्राष्ट्रिय बजार मूल्यको आधारमा नेपाल महासंघले सुनचाँदीको मूल्य निर्धारण गर्छ ।
प्रतिक्रिया दिनुहोस्