Shikhar Insurance
National Life

अब सानिमा बैंकमा मेसिनबाटै ‘क्यास डिपोजिट’ गर्न सकिने

सिंहदरबार संवाददाता
२०७९ आश्विन ५, बुधबार १०:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुको सुविधाका लागि क्यास डिपोजिट मेसिन सञ्चालनमा ल्याएको छ । मेशिनबाट ग्राहकहरु आफैले नै खातामा रकम जम्मा गर्न सक्नेछन् । यो सुबिधाबाट ग्राहकहरुलाई काउन्टरमा लाइन बस्न पर्ने झन्झटबाट मुक्त तथा समयको बचत हुने बैंकले विश्वास लिएको छ ।

हाल उक्त मेशिनबाट ग्राहकहरुले ५ सय र एक हजार दरका एक लाख भन्दा कम नेपाली नोट जम्मा गर्न सक्नेछन् । यसरी रकम जम्मा भएपछि ग्राहकले जम्मा रसिद प्राप्त गर्नेछन् । हाल यो सुबिधा बैंकको केन्द्रिय कार्यालय, नक्सालबाट प्राप्त हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्