Shikhar Insurance
National Life

भदौमै वाणिज्य बैंकहरुद्धारा ५२ अर्ब रुपैयाँ निक्षेप थप गर्दा १४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह

सिंहदरबार संवाददाता
२०७९ आश्विन ४, मंगलवार १७:३६
Hyundai
NCELL
NIMB

काठमाडौं । वाणिज्य बैंकहरुले ५२ अर्ब रुपैयाँ निक्षेप थप गरी भदौ महिना मसान्तसम्म कुल ४४ खर्ब ८६ करोड रुपैयाँ कायम गरेका छन् । गत साउन मसान्तसम्म वाणिज्य बैंकहरुमा कुल ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप मौज्दात थियो ।

जसमा भदौ महिनामै ५२ अर्ब १५ करोड रुपैयाँ थप निक्षेप संकलन भएको नेपाल बैकर्स संघको तथ्यांकले देखाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवधिमा वाणिज्य बैंकहरुले १४ अर्ब रुपैयाँ थप कर्जा प्रवाह गरेका छन् । साउन मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४१ खर्ब ७७ करोड रुपैयाँ थियो । जुन भदौ मसान्तसम्म आइपुग्दा ४१ खर्ब ९० अर्ब रुपोयँ पुगेको संघको तथ्यांकले देखाएको छ ।

चालु आव लागेयता भने वाणिज्य बैंकहरुमा ५६ अर्ब रुपैयाँ निक्षेप घट्दा १५ अर्ब ४४ करोड रुपैयाँ थप कर्जा प्रवाह भएको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले ४५ खर्ब ४१ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ खर्ब ७४ अर्ब ८४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्