Shikhar Insurance
National Life

सुनको मूल्य ४ सय रुपैयाँले घट्यो

सिंहदरबार संवाददाता
२०७९ आश्विन ३, सोमबार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । असोज ३ गते सुनको मूल्य ४ सय रुपैयाँले घटेको छ । सुनमो मुल्य पछिल्लो ८ महिना यताकै सस्तो भएको हो ।

सोमबार छापावाल सुन प्रतितोला ४ सय रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९१ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । यो मूल्य गत पुस २६ गते यताकै सस्तो हो । सो दिन पुस २६ गते, ९१ हाजर ३०० रुपैयाँमा कारोबार भएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरि तेजावी सुन पनि प्रतितोला ४ सय रुपैयाँले घटेर प्रतितोला ९० हजार ९०० रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस दिन सुनसँगै चाँदीको भाउ पनि गिरावट भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले ओरालो लागेर प्रतितोला ११ सय ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्