काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले उपसचिव नेपाललाई केही दिन पहिले प्याराग्लाइडिङ सञ्चालनका लागि अनुमति दिने क्रममा बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठसँग ६ लाख घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।
आयोगले आरोपी नेपाल विरुद्ध रु छ लाख बिगो र सोहीअनुसार कैद सजायको माग गरेको छ । आयोगले सापटीवापत लिएको भनिएको रु १६ लाख ५० हजार जफत गर्न माग गरेको छ । आयोगले उपसचिव नेपालको सवारी साधनबाट उक्त रकम बरामद गरेको थियो ।
बीबी एयरवेजका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठमाथि पनि घुस दिएर सरकारी कर्मचारी प्रभावित पार्न खोजेको आरोप लगाउँदै आयोगले भ्रष्टाचार निवारण ऐनबमोजिमको कारबाहीको माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्