Shikhar Insurance
National Life

असोजको पहिलो कारोबार दिन घट्याे सेयर बजार, १ अर्ब ६० कराेड माथि काराेबार

सिंहदरबार संवाददाता
२०७९ आश्विन २, आईतवार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । असोज महिनाको पहिलो कारोबारको दिन आइतबार आज (असोज २ गते) सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । शुक्रबार कारोबार हुने अन्तिम दिन भदौ ३१ गते शुक्रबारलाई घटेरै विदाइ गरेको सेयर बजार आज पनि घट्ने क्रमले निरन्तरता पाएको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार परिसूचक ३३.९७ अंकले घटेर १,८७६.४१ को विन्दुमा आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ६.०४ अंकले घटेर ३६५.८६ को विन्दुमा बन्द भएको हो ।
यसदिन २२९ कम्पनीको १ अर्ब ६० करोड १८ लाख २२ हजार रुपैयाँ बराबरको ६२ लाख ९६ हजार ४ सय ४५ कित्ता सेयर खरिदबिक्री भए । सो दिन कारोबारमा आएको ८ कम्पनीको सेयर मूल्य बढेको छ । भने, १८० कम्प्नीको सेयर मूल्य घटेको छ ।

कारोबार रकमको आधारमा लक्ष्मि बैंकको सेयर सर्वाधिक कारोबार भएको छ । बैंकको २१ करोड ३८ लाख ४४ हजार रुप्रैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

त्यसैगरि, प्रभु बैंकको १९ करोड ५८ लाख ४५ हजार, नेपाल टेलिकमको ५ करोड ३४ लाख ९७ हजार, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ४५ लाख ७२ हजार र रिडी पावर कम्पनीको ३ करोड ६८ लाख ६२ हजार रुपैयाम बराबरको सेयर खरिदबिक्री भएको छ ।

आइतबार सेयर बजारमा ग्लोबल आइएमइ समुन्नत स्किम १ को लगानीकर्ताहरुले मनग्य कमायका छन् । यस कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ५.३५ प्रतिशतले बढेको हो । भने बलेफी हाइड्रोपावर कम्पनीको सयर मूल्य सबैभन्दा बढी ७.८५ प्रतिशतले घटेको छ ।

समूहगत उपसूचकहरु सबै राताम्य भएका छन् । सबैभन्दा बढी व्यापार समूहको परिसूचक ३.२४ प्रतिशतले घटेको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्