काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था र साना किसान विकास लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभ्नेरगाभिने (मर्जर) सम्बन्धी सम्झौता भएको छ । दुबै लघुवित्तबीच भदौ ३१ गते साँझ ७ बजे सम्झौतापत्रमा हस्ताक्षार भएको हो ।
मर्जरपछि साना किसान आरएमडीसी लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्नेगरी शुक्रबार प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । मर्जर प्रकृया अघि बढेकोले दुबै लघुवित्तको कारोबार रोक्क भएको नेप्सेले जनाएको छ ।
सम्झौता अनुसार आरएमडीसी लघुवित्तको १०० सेयरलाई मर्जरपछि ८७ सेयर ९१००ः८७० कायम हुने गरी स्वाप रेसियो कायम गरिएको छ ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन बमोजिम बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली एवमं धितोपत्र सम्बन्धी तथा अन्य प्रचलित कानुन र नेपाल राष्ट्र बैंकको नीति निर्देशन अनुसार मर्जर प्रकृया अघि बढेको हो ।
प्रतिक्रिया दिनुहोस्