Shikhar Insurance
National Life

‘धारामा पानी आउँदा खुशीको सीमा छैन’

सिंहदरबार संवाददाता
२०७९ आश्विन २, आईतवार ११:२२
Hyundai
NCELL
NIMB

जाजरकोट । पुखौँदेखि खानेपानीको समस्या भोग्दै आएकी नलगाड नगरपालिका–१ चिउरीकी धनकला चदाराको घरआँगनमै पानी पुगेको छ । नहकुलीको उच्च पहाडमा रहेको मुहानबाट आँगनमै धारा निर्माण गरेर चौबीसै घण्टा पानी निरन्तर आउँदा उनमा खुसीको सीमा नै छैन । आफूभन्दा अगाडिका पुस्ताले पानीकै लागि गरेको दुःख र सङ्घषका दिन सम्झँदै उनि भन्छन्, छोराछोरी साना हुँदा डोकाले तोरेर (बन्द गरेर) पिउने पानी ल्याउनका लागि आधा घण्टा टाढा जानुपथ्र्यो, आधा घण्टा बच्चा रोइकराइ निद्रामा परिसकेका हुन्थे, अहिले घरआँगनमै पानी आएको छ ।”

धनकलाजस्तै ५१ वर्षीय रमिता विकको पनि पानीकै लागि भोगेको पीडा कम छैन । उनि भन्छन्, आफ्नै गाउँठाउँका मान्छे माननीय भएपछि मात्र पानी घरआँगनमै पाएका छौँ । अब पानीबाट हुने सबै काम गर्छौँ, पानी नहुँदा हाम्रो गाउँमा छोरीबुहारीलाई कति दुःख थिए ।”करिब १ सय ४० घरधुरीभन्दा बढी दलित समुदाय रहेको चिउरीमा पानी ल्याउनका लागि स्रोत नहुँदा आधा घण्टाको दूरी पार गरी डोकामा गाग्री बोकेर पानी ल्याउनुपर्ने बाध्यता रहेको थियो । उकालोमा पानी ल्याउँदा हैरानी खेप्नुपरेको उनले पीडा सुनाए । अब त्यो दुःख पूर्णरूपमा हटेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनिहरू जस्तै नलगाड–१ र २ का छ सय ५० घरधुरीमा एकैपटक घर–घरमा खानेपानीको धारा पुगेको छ । कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय र स्थानीयवासीको झण्डै साढे चार करोड श्रमदानबाट खानेपानी निर्माण भएको हो ।

विसं २०७४ मा निर्माण सुरु गरिएको नहकुली खानेपानी आयोजना करिब पाँच वर्षभित्र निर्माण पूरा भएको छ । चौध किलोमिटर दूरीबाट ल्याइएको पानीबाट आधा दर्जन गाउँमा चौबीसै घण्टा पानी पुगेको निर्माण उपभोक्ता समिति अध्यक्ष टकबहादुर घर्तीले जानकारी दिए । उनका अनुसार पानीका मुहानबाट पानी जम्मा गरी प्रत्येक घरमा पानी उपलब्ध गराइएको छ ।

१ सय ५१ ठूला–साना ट्याङ्की निर्माण गरी घर–घरमा पानी ल्याइएको अध्यक्ष घर्तीले जानकारी दिए। दलित बस्ती, गढी, छेप्का, बैरीताल, चिसापानी, अनाहपानी, माफगाउँ र स्यालचौरलगायतका गाउँका स्थानीयवासीको घरमा पानी पुगेको छ ।

कर्णाली प्रदेशका निर्वतमान जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले खानेपानी आयोजनाको शुभारम्भ गए । खानेपानी धारामा समस्या तथा मर्मतदेखि अन्य काममा स्थानीयवासी आफैँ सक्रिया हुनुपर्नेसमेत उनले बताए ।

नलगाड नगर प्रमुख डम्बर रावतले खानेपानीको निरन्तर अनुगमन, निगरानी हुनुका साथै समस्या परेमा हल गर्न प्रतिबद्ध रहेको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्