काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि आवेदन खुलाएको छ । बोर्डले आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै नयाँ स्टक एक्सचेञ्जका लागि लाइसेन्स खुला गरेको हो ।
नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स चाहनेहरुले ऐन र नियमावलीकले व्यवस्था गरेका सर्त तथा कागजातहरु पुरा गरि ४५ दिनभित्र आवेदन दिनुपर्ने बोर्डले सूचनामा उल्लेख गरेको छ ।
बोर्डले ३ अर्ब चुक्ता पुँजी कायम गरेर नयाँ स्टक एक्सचेञ्ज ल्याउन सकिने गरि नियमावली संसोधन गरेको थियो । अब नयाँ स्टक एक्सचेञ्जमा निजी कम्पनीहरुले पनि अधिकतम १५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन् । त्यस्तै नयाँ स्टकमा सर्वसाधारणलाई ३० प्रतिशत आईपीओ पनि छुट्याईएको छ ।
प्रतिक्रिया दिनुहोस्