Shikhar Insurance
National Life

शुक्रबार सेयर काराेबार हुने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७९ भाद्र ३१, शुक्रबार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । आज भदौ ३१ गते शुक्रबार अन्तिम सेयर कारोबार भइरहेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) संचालक समितिको बैंठकले असोज महिनादेखि शुक्रबार हुदै आएको सेयर कारोबार बन्द गर्न लागेको हो ।

शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेसँगै आज भदौं ३१ गते शुक्रबार अन्तिम कारोबार भएको हो । नेप्सेले भदौ महिनासम्म शुक्रबार सेयर कारोबार गर्ने र असोज महिना सुरु भएपछि शुक्रबारको सेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केही समयअघि पेट्रोलको मूल्यमा उच्च वृद्धि भएकाले सरकारले  पेट्रोलियम पर्दाथको खपत कम गर्नका लागि आइतबार पनि सर्वजनिक विदा दिने निर्णय गरेको थियो । सरकारले आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेपछि सेयर बजार सोमबादेखि शुक्रबारसम्म कारोबार हुदै आएको थियो । पछि सरकारले आईतबारको सार्वजनिक विदा बन्द गरेपछि सेयर बजार आइतबारदेखी शुक्रबारसम्म नै कारोबार हुन थालेको थियो ।

शुक्रबार सेयर बजार २ घण्ट मात्र कारोबार हुने गरेको छ । शुक्रबारको सो सेयर बजार आजबाट बन्द हुदै छ । सेयर बजारका लगानीकर्ताहरुले शुक्रबार २ घण्ट कारोबार संचालन गर्नुको कुनै अर्थ नरहेको भन्दै शुक्रबारे सेयर कारोबार रोक्न माग गर्दै आएको थियो । सोहि अनुसार नेप्सेले शुक्रबारको सेयरु कारोबार आजबाट बन्द गर्ने निर्णय गरेको हो ।

नेप्सेको सो निर्णयसँगै अब भोलि अर्थात असोज १ गतेदेखि सार्वजनिक विदाको दिनका दिन बाहेक आइतबारदेखि बिहीबार सम्म सेयर बजार खुल्ला हुनेछ । समय भने पहिलेकै अर्थात ११ बजेदेखि ३ बजेसम्म नै रहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्