काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । इन्स्योरेन्सले सञ्चालक समितिको भदौ ३० गते बसेको बैठकले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ८ अर्ब २० करोड ७९ लाख रुपैयाँको १५.७९ प्रतिशतले हुन आउने १ अर्ब २९ हजार ५९ लाख रुपैयाँ नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश बीमा समितिको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्