Shikhar Insurance
National Life

हिमालयन बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

सिंहदरबार संवाददाता
२०७९ भाद्र २९, बुधबार १०:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन बैेंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अर्थात भदौ २९ गत अन्तिम दिन हो ।

बैंकले भदौ १५ गतेदेखि ७ वर्ष अवधिको ‘हिमालयन बैंक बण्ड २०८६’ निष्काशन तथा बिक्री खुला गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको सो ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिएको छ भने बाँकी ६० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिएको छ । सर्वसाधारणलाई निष्काशन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

बैंकको सो ऋणपत्र खरिदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्