काठमाडौं । सानिमा इक्वीटि फण्डले इकाइधनीहरुलाई प्रतिफल वितरण गर्ने घोषणा गरेको छ । सानिमा इक्वीटि फण्डले गत आर्थिक वर्षको मुनाफाबाट इकाइधनीहरुलाई २२ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सानिमा क्यापिटलको सोमबार बसेको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो ।
हाल सानिमा इक्वीटि फण्डको आकार १ अर्ब ३० करोड रुपैयाँको रहेको छ । यसअनुसार योजनाले २८ करोड ६० लाख रुपैयाँ नगद लाभांश इकाइधनीहरुलाई दिनेछ ।
प्रतिक्रिया दिनुहोस्