Shikhar Insurance
National Life

गुल्मी २ मा गोकर्ण बिष्ट र रामकुमारी झाक्रीको भिडन्त पक्का

सिंहदरबार संवाददाता
२०७९ भाद्र २४, शुक्रबार १०:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधी सभा निर्वाचनमा गुल्मी क्षेत्र न. २ मा एमाले सचिव गोकर्ण बिष्ट र नेकपा(एकिकृत समाजवादी) सचिव राम कुमारी झाक्रीको भिडन्त पक्का भएको छ । पूर्व मन्त्री बिष्टलाई एमाले गुल्मीले पहिलो नम्बरमा राखेर उम्मेदवार सिफारिस गरिसकेको छ । बिष्टसँगै राजेन्द्र अर्याल र शेषकान्त गौतमको नाम सिफारिस भएको छ । यीमध्ये बिष्टले टिकट पाउने पक्का जस्तै छ ।

उता, एकिकृत समाजवादीले पनि झाक्रीलाई उम्मेदवार बनाउने राणनीतिसहित भूगोलमा खटाईसकेको छ । झाक्री पनि मन्त्री पद गुमेपछि लगातार आफ्नो निर्वाचन क्षेत्रमा खटिईरहेकी छिन् । ८ महिना भन्दा बढि समय संघीय सरकारको सहरी विकास मन्त्री बन्दा झाक्रीले गुल्मी जिल्लामा यथेष्ठ बजेट पारेको बताइन्छ । त्यसमा पनि झाक्रीले आफ्नो निर्वाचन क्षेत्रमा करोडौंका साना ठूला आयोजनामा बजेट हालेकी छिन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

क्षेत्र न. २ मा नेपाली काँग्रेसले केन्द्रीय सदस्य चन्द्रबहादुर केसी सहित तीन जना नेताको नाम प्रतिनिधि सभाका लागि सिफारिस गरेको छ । जसमा महासमिति सदस्य डा. दामोदर भुसाल र पूर्व महाधिवेशन प्रतिनिधि त्रैलोक्य प्रताप सेना समावेश छन् । ‘हिरा काट्ने हिराले रेटेर’ भनेझै गोकर्ण बिष्टलाई हराउनका लागि झाक्री नै उम्मेदवार बन्नुपर्ने निष्कर्षमा गठबन्धनका शिर्ष र जिल्ला नेताहरु पुगेको बताइन्छ ।

तीन दशक भन्दा लामो समयदेखि सो क्षेत्रमा बिष्ट निर्विकल्प रहँदै आएका थिए । यसपाली बिष्टसँग असन्तुष्ठ रहेका एमाले कार्यकर्ता तथा मतदातालाई तानेर काँग्रेस, माओवादीसहितको गठबन्धनले झाक्रीलाई जिताउन सकिने निचोड निकालेको छ । झाक्री बाहेक अरु उम्मेदवार बन्दा फेरी बिष्टकै पल्लाभारी हुने भयका कारण गठबन्धनमा झाक्रीका पक्षमा माहोल बनिरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्