Shikhar Insurance
National Life

जहाँ बिजुली पुगेको छैन त्यहाँ सौर्य उर्जाले जीवनमा उज्यालो छर्दै

सिंहदरबार संवाददाता
२०७९ भाद्र २३, बिहीबार १६:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । बिजुली  नपुगेकाे ठाँउमा सौर्य उर्जाले उज्यालो छर्न शुरु गरेकाे छ । सामाजिक उद्दम कम्पनीकाे रुपमा सन् २०१०, मा स्थापना भएको घाम पावर नेपालले ग्रिडबाट बिजुली नपुगेका  ग्रामीण भेगमा सौर्य उर्जा मार्फत् जीवनमा उज्यालो छर्दै आइरहेको हाे ।

सन् २०१५ मा तराईका ग्रामिण किसानहरूलाई भरपर्दो सिंचाइ प्रदान गरि उत्पादन र आम्दानी दोब्बर कसरी बढाउन सकिन्छ भनेर घाम पावरले वातावरण मैत्री सौर्य सिंचाइ प्रणालीमा काम गर्दै आइरहेको छ । सौर्य सिंचाइ प्रणाली सँगसँगै व्यक्तिगत कृषि सल्लाह र परामर्श पनि प्रदान गर्दै आइरहेको  छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसै गरि सन् २०२२ देखि मोबाइल एपसुपर कृषकमार्फत् कसरी व्यक्तिगत डिजिटल कृषि सल्लाह दिन सकिन्छ भनेर अनुसन्धान गरिरहेको छ । डिजिटल कृषिमा काम गर्ने संघ संस्था एबंम् सरोकारवालाहरू सँग यहि भदौ ३१ गते शुक्रबार एक दिनको कार्यशाला गोष्ठी डिजी कृषि’ आयोजना गर्न लागिरहेको छ ।

यस गोष्ठीको प्रमुख उद्देश्य भनेको डिजिटल कृषिमा काम गर्दै आएका सरोकारवालाहरू – सरकारी अधिकारीहरु, निजी कृषि कम्पनीहरु, विश्वविद्यालयका प्राध्यापकहरू, अनुसन्धान विशेषज्ञ, कृषि तथा इन्जिनियरिङ् विद्यार्थीहरू र किसानहरू लाई एक ठाउँमा लिएर आइ नेपालमा डिजिटल कृषिको अवस्था, चुनौती र अवसरहरूको बारेमा छलफल गर्नु हो ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्