Shikhar Insurance
National Life

एशियन लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्नेका लागि बोलाए साधारण सभा

सिंहदरबार संवाददाता
२०७९ भाद्र २३, बिहीबार १२:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्नेका लागि साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले लाभांश पारित गर्नका लागि असोज १३ गते १४औं साधारण सभा बोलाएको हो । इन्स्योरेन्सको भदौ २२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

इन्स्योरेन्सको १४औं साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजीको २ अर्ब ५३ करोड रुपैयाँको बोनस सेयर १४.५० प्रतिशत र नगद लाभांश कर प्रयोजनको लागि ०.७६ प्रतिशत पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

इन्स्योरेन्सले हाल कायम चुँक्ता पुँजीको संरचनामा संस्थापकतर्फको ६० प्रतिशत र सर्वसाधारण सेयरको ४० प्रतिशत अनुपातलाई परिर्वतन गरी संस्थापक तर्फ ५१ प्रतिशत र सर्वसाधारण तर्फ ४९ प्रतिशत ५१ः४९ प्रतिशत कायम गर्ने विषेश प्रस्ताव रहेको छ ।

इन्स्योरेन्सले साधारणसभ प्रयोजनका लागि बुक क्लोज मिति असोज ४ गते तोकेको छ । असोज ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र इन्स्योरेन्सको साधारणसभामा भाग लिई इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्