काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन महिनाभित्र सबै भवनहरूकाे नक्सा पेश गर्न काठ मेयर बालेन्द्र शाह निर्देशन दिएका छन् । बिहीबार एक सुचना जारी गर्दै उनले महानगरले नक्सा पास नगरी बनाइएका भवनको नक्सा तीन महिनाभित्र पेश गर्न निर्देशन दिएका हुन् ।
कुनै पनि व्यक्ति, संघसंस्था, संस्थान तथा सरकारी निकायहरुको भवनको नक्सा ९० दिनभित्र पेस गर्न काठमाडौं महानगरपालिका द्वारा जारी साे सूचनामा भनिएकाे छ । ‘भवन निर्माण सम्बन्धी मापदण्ड अनुरूप निर्माण भएका तर नक्सा पास नगिरएका भवनहरूलाइ एक बर्ष भित्रमा नक्सा पास गरी नियमित गर्न आह्वान गरिनेछ र मापदण्ड अनुकूल भएमा त्यस्ता घर तथा भवनहरूले सूचना प्रकाशित भएको ९० दिनभित्र नक्सा पेस गरी नक्सा स्वीकृत र नियमित गर्न सम्बद्ध सबै व्यक्ति, संघसस्था, सस्थान तथा सरकारी निकायहरुलाइ समेत अनुराेध गरिन्छ ।
महानगरपालिकाले तोकिएको समयभित्र नक्सा पेस नगरेमा त्यस्ता भवनहरूको विवरण संकलन गरी स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड, संहिता, कार्यविधि र यस कार्यालयको निर्णय बमोजिम कारबाही हुने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्