Shikhar Insurance
National Life

पिपुल्स हाइड्रोपावरको आईपीओ भदौ ३१ गते देखि निष्काशन हुने

सिंहदरबार संवाददाता
२०७९ भाद्र २३, बिहीबार १०:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ भदौ ३१ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँका दरले ३ करोड २० लाख रुपैयाँ बराबरको ३२ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो । यो कम्पनीको जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशत रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले निष्काशन गर्न लागेको कुल आईपीओ मध्ये अति प्रभावित क्षेत्र दोर्दी गाँउपालिका वडा नं. ६ र ७ का स्थानिय बासिन्दाका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र बाँकी रहेको ७० प्रतिशत अर्थात २२ लाख ४० हजार कित्ता आईपीओ लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता सेयरको लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ ।

कम्पनीको आईपीओ बन्द छिटोमा असोज १४ गते हुनेछ भने सो समयअवधिमा पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज ३० गतेसम्म लम्बिनेछ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर डबल इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमता औषत जोखिम रहेको संकेत गर्दछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्