Shikhar Insurance
National Life

नेशनल लाइफको प्रशासनिक कर्मचारी जागरण वर्कशप, अझै अब्बल बन्ने प्रण

सिंहदरबार संवाददाता
२०७९ भाद्र २२, बुधबार २१:१४
Hyundai
NCELL
NIMB

पोखरा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले प्रशासनिक कर्मचारी जागरण वर्कशप आयोजना गरेको छ । ‘एक्सल एण्ड एलभेट’ भन्ने नारासहित कम्पनीले इम्प्लोई स्किल इन्ह्यान्समेन्ट वर्कशम आयोजना गरेको हो । ३ दिने वर्कशपमा प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उपायहरुबारे प्रशिक्षण दिईएको थियो ।

कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीको कर्मचारीहरुको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने जानकारी गराइन । सम्मेलनमा विभागिय प्रमुख सहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासिल गरी बीमा बजारमा कम्पनीलाई अग्र स्थानमा पु¥याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा समितिवाट कर्मचारी दक्षता अभिबृद्धि कार्यक्रम संचालन गर्नु पर्ने निर्देशन प्राप्त भए अनुसार यो कार्यक्रम संचालन गरिएको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गरिने जानकारी गराए । कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायवाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा गहन जानकारी गराएका थिए ।

सम्मेलनमा सहभागि कर्मचारीहरुलाईे चर्चित संचारकर्मी एवं मिस नेपाल (२००५) सुगारिका केसीले ब्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गरेकी थिइन । नेपाल पूर्नबीमा कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कार्यक्रममा जोखिमाङ्कन प्रक्रृयाको महत्वका बारेमा जानकारी दिएका थिए । साथै कम्पनीका विभागिय प्रमुखहरुले कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजिकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ता वर्गहरुलाई छिटो छरितो र विश्वासिलो सेवा प्रदान गर्ने उपायहरुका बारेमा जानकारी गराएका थिए ।

सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गरेका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्