Shikhar Insurance
National Life

दशैंका लागि असोज १ गतेदेखि अग्रिम टिक बुकिङ खुल्दै, अनाइनमा टिकट किन्नेलाई छुट र सहुलियत

सिंहदरबार संवाददाता
२०७९ भाद्र २२, बुधबार १७:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । दशैंका लागि आगामी असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुला हुने भएको छ । बुधबार यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी महाशाखा, सडक विभाग र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच भएको छलफलले आगामी असोज १ गतेबाट लामो दुरीका सार्वजनिक यातायातका लागि अनलाइनबाटै अग्रिम बुकिङ खुला गर्ने निर्णय गरेको हो ।

अनलाइनबाट अग्रिम टिकट बुकिङ गर्ने यात्रुलाई छुट वा सहुलियत समेत दिने यातायात निर्णय व्यवसायी गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यसैगरी, टिकट बुकिङ तथा उपत्यकाबाट बाहिरिने र उपत्यकामा भित्रिने यात्रुवाहक सवारी साधनको विभाग, ट्राफिक प्रहरी, उपभोक्ता मञ्च, व्यवसायी र मजदूरहरुसँग सहकार्य गरी प्रभावकारी अनुगमन गर्ने छलफल भएको छ ।

त्यस्तै, यातायात आवगमनमा सहज बनाउन खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्नेबाहेकका ट्रेलरलगायतका ठूला सवारी साधनहरू असोज १५ गतेदेखि २२ गतेसम्म नारायणघाटदेखि काठमाडौंसम्म सञ्चालन रोक लगाउने भएको छ ।

साथै, यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गर्ने सहमति भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्