Shikhar Insurance
National Life

नेप्सेसँगै कारोबार रकम पनि घट्यो

सिंहदरबार संवाददाता
२०७९ भाद्र २२, बुधबार १५:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको चौथो कारोबारको दिन बुधबार नेप्से परिसूचक घटेको छ । सोमबार देखि निरन्तर घटेको नेप्से आज तेस्रो दिन पनि घट्ने क्रमले निरन्तरता पाएको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से) का अनुसार परिसूचक ११.९७ अंकले घटेर १,९३९ को विन्दुमा ओर्लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.७० अंकले घटेर ३७७.३८ को विन्दुमा ओर्लिएको हो ।

बुधबार दिनभरीमा २२४ कम्पनीको ८२ करोड ६२ लाख ३० हजार रुपैयाा बराबरको २९ लाख ४३ हजार ७ सय ६९
कित्ता सेयर खरिदबिक्री भए । बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा ३७ करोड रुपैयाँ कम सेयर कारोबार भएको छ । अघिल्लो दिन १ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

सो दिन काारेबारमा आएको ३१ कम्पनीको सेयर मूल्य बढेको छ । भने १४७ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

कारोबार रकमको आधारमा नेपाल टेलिकमको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको सेयर ५ करोड १५ लाख ६० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यसैगरि, हिमालयन एभरेष्ट्र इन्स्योरेन्सको ४ करोड ६१ लाख २९ हजार, रिडी पावर कम्पनीको ३ करोड ४ लाख ५४ हजार, नेष्डो समृद्धिको २ करोड ६५ लाख २३ हजार र नबील बैंकको २ करोड ५४ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

सनराइज फस्ट म्युचुअल फण्डको सेयर मूल्य सबैभन्दा बढी ७.७२ प्रतिशतले बढेको छ । अपर हेवाखोलाको सेयर मूल्य ६.३८ प्रतिशतले बढेको छ । भने, १० प्रइम डिबेन्च २०८८ को मूल्य ५.८८ प्रतिशतले घटेको छ ।

१३ वटा समूहगत उपसूचक मध्ये एउटा समूहको बढेको छ । भने, बाँकी रहेको १२ वटा उपसूचकहरु घटेको छ । सो दिन म्युचुअल फण्ड समूहको परिसूचक ०.७८ प्रतिशतले बढेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्