काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । अघिल्लो दिनको तुलनामा बुधबार सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।
बुधबार छापावल सुन प्रतितोला एक हजार रुपैयाँले घटेर ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन छापावल सुन ९४ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, तेजावी सुन पनि प्रतितोला एक हजार रुपैयाँले घटेको छ । बुधबार बजारमा तेजावी सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर ११ सय १० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी ११ सय २५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा नेपाल महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्