Shikhar Insurance
National Life

बजाज इन्ट्रासिटी–यस पालीको चाड, उपहारसँगै स्वरोजगार

सिंहदरबार संवाददाता
२०७९ भाद्र २१, मंगलवार २१:१५
Hyundai
NCELL
NIMB

काठमाडौं । बजाज थ्री ह्वीलर्स, बजाज आरई बिएस६ र बजाज म्याक्समाको वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले दशैं, तिहार र छट अभियान सुरु गरेको छ । यस अभियानको नाम ‘यस पालीको चाड, उपहारसंगै स्वरोजगार’ राखिएको छ । बजाज इन्ट्रासिटीले स्वरोजगार बन्न प्रोत्साहित गर्नका लागि सुरु गरिएको यो अभियानमा बजाज म्याक्सिमा सी वा बजा बजाज आरई बिएस६ को खरिखमा ३२ इञ्चको हिमस्टार एलइडी स्मार्ट टिम वा सामसङ एफ२२ स्मार्ट फोन प्राप्त हुनेछ ।
हंसराज हुलासचन्द एण्ड कम्पनीका निर्देशक अभिमन्यु गोल्छा भन्छन्, “चाडपर्वको अवसरमा हाम्रा ग्राहकहरू माझ यो अभियान प्रस्तुत गर्न पाउँदा हामीलाई निकै गर्व लागेको छ। उत्कृष्ट उत्पादनहरूका साथै चाडवाडको रमाइलो अवसरमा रमाइला अफरहरू हाम्रा ग्राहकहरूलाई प्रदान गर्ने हाम्रो लक्ष्य हो । यो अफरले मानिसहरूलाई आफ्नै देशमा बजाज म्याक्सिमा सी वा बजाज आरई बिएस६ खरिद गरि स्वरोजगार भई आत्मनिर्भर हुन प्रोत्साहन गर्नेछ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्