Shikhar Insurance
National Life

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने सामान्य बढ्याे

सिंहदरबार संवाददाता
२०७९ भाद्र २१, मंगलवार १५:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । मंगलबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार सामान्य अंकले घटेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार परिसूचक २१.२२ अंकले घटेर १,९५१.७९ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ३.८९ अंकले घटेर ३७९.०५ को विन्दुमा बन्द भएको हो ।

मंगलबार दिनभरीमा २२७ स्टकको १ अर्ब १९ करोड ७ लाख ६५ हजार रुपैयाँ बराबरको ३२ लाख ९ हजार ९ सय ८३ कित्ता सेयर खरिदबिक्री भए । नेप्से ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ ।

सो दिन कारोबारमा आएको १४ कम्पनीको सेयर मूल्य बढेको छ । १७१ कम्पनीको सेयर मूल्य घटेको छ । भने, ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

उन्नती सहकार्य लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य सर्वाधिक ९.६८ प्रतिशतले बढेको छ । भने, सानीमा माइ हाइड्रोपावर कम्पनीको सेयर मूल्य ७.३२ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा हिमालयन एभरेष्ट इन्स्योरेनस र्शीष स्थानमा रहेको छ । इन्स्योरेन्सको ९ करोड १४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यसैगरि, रिडी पावर कम्पनीको ९ करोड ११ लाख ७० हजार, सानीमा माइ हाइड्रोपावर कम्पनीको ८ करोड ५५ लाख ८७ हजार, नबील बैंकको ५ करोड ६६ लाख ८५ हजार र नेपाल लाईफ इन्स्योरेन्सको ४ करोड ३० लाख ९५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

१३ वटा उपसमूहहरुमध्ये एक उपसमूहको परिसूचक उकालो लागेको छ । भने, बाँकी १२ वटा उपसमूहका परिसूचक ओरालो लागेको छ । यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक ०.४० प्रतिशतले बढेको हो । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक सबैभन्दा धेरै २.१२ प्रतिशतले घटेको छ । त्यस्तै जलविद्युत उपसमूहका परिसूचक २.०५ प्रतिशतले घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्