Shikhar Insurance
National Life

आन्तरिक विवादका कारण ओझेलमा देवीदह

सिंहदरबार संवाददाता
२०७९ भाद्र २१, मंगलवार १३:१९
Hyundai
NCELL
NIMB

गोलबजार । सिरहा लहान नगरपालिका–१७ दौलतपुर, बलानसेरमा अवस्थित देवीदह आन्तरिक विवादका कारण ओझेलमा परेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब सात किलोमिटर उत्तरमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई छुट्याउने बलान नदीको किनारामा रहेको छ ।

देवीदह सामुदायिक वन उपभोक्ता समूहमार्फत संरक्षणमा जुटेका स्थानीय बासिन्दाबीचको आन्तरिक विवाद कारण यस दहको संरक्षणमा ध्यान पुग्न सकेको छैन । अहिले दहभरि फोहर थुप्रिएको छ भने डुङ्गा बिग्रिएर मिल्किएको छ र कोष रितो भएको छ । दहसम्म पुग्ने मुख्य बाटो हिलाम्मे छ भने बनमारा झारले दहको डिल ढाकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दह घुम्न आएका भगवानपुर गाउँपालिका–४ का निराजन यादवलाई यहाँको अवस्था हेर्दा निकै चिन्तित बनायो । उनि भन्छन्, “पहिला हामी यहाँ घुम्न आउँदा मानिसको घुइँचो थियो । दहको डिल सफा थियो तर अहिले झाडी उम्रेको छ र मुख्य आकर्षण डुङ्गा (नाउ) पनि चलेले छैन ।” दैनिक ५०० पर्यटक पुग्ने देवीदहमा अहिले फाट्टफुट्ट मात्रै पर्यटक पुग्ने गरेको स्थानीय अरुण सिंहले बताए ।

देवीदह करिब छ बिघा क्षेत्रफलमा फैलिएको छ । प्रथम राष्ट्रपति डा रामवरण यादवको पालामा राष्ट्रपति चुरे तराई–मधेस संरक्षण कार्यक्रमअन्तर्गत यस दहको सौन्दर्यीकरण गरिएको थियो । नेपाली सेनाले यस दहलाई २०७२ असार ३ गते देवीदह सामुदायिक वन उपभोक्ता समूहलाई हस्तान्तरण गरेको थियो । दह सञ्चालनका विषयमा उपभोक्ता समूहका सदस्यबीच विवादका कारण यसको संरक्षणमा ध्यान जान सकेको छैन । देवीदह सञ्चालनसम्बन्धी समस्या समाधान गर्न स्थानीय सरकारले कुनै चासो नराखेको स्थानीयवासीको गुनासो छ ।

केही वर्षअघिसम्म लहान बजारमा आन्तरिक पर्यटकको गतिविधि बढाउन पनि यस दहको अहम् भूमिका थियो । देवीदह नजिकै निस्कने पानीको मूलमा नुहाउँदा शरीरमा रहेको घाउ खटिरा निको हुने धार्मिक विश्वास रहिआएको पाइन्छ । वर्षैंभरि निस्कने यस मूलको पानीलाई पछि व्यवस्थित गर्दै दह बनाइएको थियो । उक्त दहलाई नै पछि देवीदह भनी नामकरण गरियो

उचित संरक्षणको अभाव र कोभिड महामारीपछि पर्यटकको चहलपहल कम हुँदा यो ठाउँ निकै सुनसान बन्न पुगेको छ । यस दहमा सञ्चालन गरिएका चार वटा डुङ्गामा बसेर पर्यटक मनमोहक दृश्यको आनन्द लिन पाउँदा निकै हर्षित हुन्थे । यहाँको प्राकृतिक वातावरणमा रमाउन भारतका विहारबाट समेत पर्यटक आउने गर्दथे ।

GBIME

प्रतिक्रिया दिनुहोस्