काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार छापावल सुन प्रतितोला ३ सय रुपैयाँले बढेर ९४ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावल सुन ९३ हजार ७ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
त्यस्तै, तेजावी सुन पनि प्रतितोला ३ सय रुपैयाँले बढेर ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजावी सुन प्रतितोला ९३ हजार २ सय रूपैयाँमा खरिदबिक्री भएको थियो ।
मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर ११ सय २५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला ११ सय १५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजार मूल्यको आधारमा नेपालमा महासंघले सुनचाँदीको मूल्य तोक्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्