Shikhar Insurance
National Life

भदौ २९ गतेदेखि सिक्लेस हाइड्रो पावरको ११ करोड ५० लाखको आईपीओ आउँदै

सिंहदरबार संवाददाता
२०७९ भाद्र २१, मंगलवार ०८:०७
Hyundai
NCELL
NIMB

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको आईपीओ भदौ २९ गतेदेखि आउने भएको छ । कम्पनीले आम सर्वसाधारणका लागि प्रति कित्ता एक सय रुपैयाँ मूल्य अंकित ११ लाख ५० हजार कित्ताले हुने ११ करोड ५० लाख मूल्य बराबरको आईपीओ जारी गर्न लागेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित बासिन्दाहरुका लागि आईपीओ जारी गरिसकेको छ ।

कुल निष्काशनमध्ये ३ प्रतिशतले हुने ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशतले हुने ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि आरक्षित गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम एक लाख कित्तासम्म आवेदन दिन पाइन्छ । आईपीओको निष्काशन असोज २ गते बन्द हुनेछ । ्आईपीओले ‘केयर एनपी डबल बी प्लस इस्यूअर’ रेटिङ्ग प्राप्त गरेको छ । सिक्लेसको आईपीओ बिओके क्यापिटल मार्केट लिमिटेडले निष्काशन गर्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्