काठमाडौं । अर्बपती उध्यमी बिनोद चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ उम्मेदवार सिफारिस भएका छन् । चौधरीलाई नेपाली काङ्ग्रेस क्षेत्रीय निर्वाचन समितिले नवलपरासी पश्चिम १ मा प्रत्यक्ष उम्मेदवार सिफारिस गरेको हो । चौधरीसंगै सोही क्षेत्रबाट उषा बास्तोला, कुलदिप आचार्य र देवकरण कलवार पनि सिफारिसमा परेका छन् । तर टिकट भने चौधरीले नै पाउने बताईन्छ । उनी २०७४ सालको निर्वाचनमा पनि प्रत्यक्ष उम्मेदवार बन्न चाहान्थे ।
प्रतिक्रिया दिनुहोस्