Shikhar Insurance
National Life

४ अंकले घट्यो नेप्से

सिंहदरबार संवाददाता
२०७९ भाद्र २०, सोमबार १५:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आइतबार ६ अंकले उकालो लागेको परिसूचक सोमबार भने ४ अंकले ओर्लिएको हो ।

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार सोमबार परिसूचक ४.२९ अंकले घटेर १,९७३.०१ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.८२ अंकले घटेर ३८२.९५ को विन्दुमा बन्द भएको हो ।

सोमबार दिनभरीको कारोबारमा २२४ कम्पनीको ९० करोड ९९ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ४४ हजार ३ सय ४४ कित्ता सेयर खरिदबिक्री भएको छ । यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको हो । अघिल्लो दिन १ अर्ब माथि सेयर खरिदबिक्री भएको थियो । सो दिन कारोबारमा आएको ६१ कम्पनीको सेयर मूल्य बढेको छ । ११६ कम्पनीको घटेको छ । भने, १० कम्पनीको सेयर मुल्य स्थिर रहेको छ ।

कारोबार रकमको आधारमा रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ९ करोड ९६ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यसैगरि, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ करोड ५९ लाख ७८ हजार, नबील बैंकको ४ करोड ५६ लाख ५५ हजार, नेष्डो समृद्धिको २ करोड ८५ लाख ७ हजार र नेपाल टेलिकमको २ करोड २३ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

सोमबार सेयर बजारमा मैलुङ खोला जलविद्युत् कम्पनीको सेयरधनीहरुले सबैभन्दा बढी ७.४३ प्रतिशतले कमाएका छन् । भने रु रु जलविद्युत परियोजनाको सेयर मूल्य ६.५५ प्रतिशतले घटेको हो ।

१३ वटा समूहगत उपसूचकहरु मध्ये २ वटा बढेको छ । भने, ११ वटा समूहगत उपसूचकहरु घटेको छ । उत्पादन तथा प्रशोधनमुलक समूहको ०.०४ प्रतिशत र लघुवित्त समूहको ०.०६ प्रतिशतले बढेको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्