Shikhar Insurance
National Life

२ अर्ब रूपैयाँ निक्षेप राख्न बैंक खोज्दै राष्ट्र बैंक, कुनमा कति मुद्धती निक्षेप राखिने ?

सिंहदरबार संवाददाता
२०७९ भाद्र २०, सोमबार १४:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको २ अर्ब रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले सूचना जारी गर्दे क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र व्याजदर प्रस्ताव गर्न आग्रह गरेको हो ।

सो रकम एक वर्षका लागि मुद्दती निक्षेपमा राख्न चाहेको हो । सूचनाअनुसार क वर्गका वाणिज्य बैंक १ अर्ब ६० करोड रुपैयाँ, ख वर्गका बैंकले ३० करोड रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा १० करोड रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा राख्न खोजेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले यही भदौ २२ गते राति १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष हुनुपर्ने, बैंकको तोकिएको न्यूनतम पुँजीकोष अनुपात कायम भएको, निष्क्रिय कूल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुनुपर्नेलगायतका शर्त राखिएको छ । केन्द्रीय बैंकको वित्त व्यवस्थापन विभाग अवकाश कोष इकाइले तोकिएको शर्त पूरा गरेर आवेदन दिन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्