Shikhar Insurance
National Life

इमान्दारिताको नमुना सरोज श्रेष्ठः भेट्टाएको ३ लाख सम्बन्धित धनीलाई फिर्ता गरे

सिंहदरबार संवाददाता
२०७९ भाद्र २०, सोमबार ११:५१
Hyundai
NCELL
NIMB

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–९ का सरोज श्रेष्ठले भेट्टाएको ३ लाख रुपैयाँ सम्बन्धित धनीलाई नै फिर्ता गरेका छन् । विदुर–९ को कोलनी निवासी ३३ वर्षका श्रेष्ठले सोही स्थानको चौतारामा आइतबार भेट्टाएको ३ लाख ७ सय ५० रुपैयाँ सहितको कागजात नुवाकोट प्रहरीमार्फत सम्बन्धित धनीलाई फिर्ता गरेका हुन् ।

झोलामा रहेको नगदसहित रसुवा घर भएका फुर्सुङ तामाङको नाममा रहेको लु ३ च ५९१३ नं को गाडीको बिलबुक र अन्य कागजात श्रेष्ठले जिल्ला प्रहरी कार्यालयमा बुझाएसगैँ सम्बन्धित धनी खोजी गरेर हस्तान्तरण गरेको जल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख रमेश पण्डितले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME

प्रतिक्रिया दिनुहोस्