काठमाडौं । आज (भदौं २० गते) सोमबार खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आज बिहान आईपीओ बाँडफाँड गरेको हो ।
लघुवित्तले भदौ ८ गतेदेखि भदौ १२ गतेसम्म अंकित मूल्य १०० रुपैयाँका दरले १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गरेको थियो ।
लघुवित्तले जारी पूँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । बाँकी १ लाख २३ हजार ४०० कित्ता शेयर सर्वसाधारणको लागि वितरण गरिएको हो ।
लघुवित्तको आईपीओमा १८ लाख ८३ हजार ११८ जनाको आवेदन परेको क्यापिटलले जनाएको छ । जसमध्ये १७ लाख ८४ हजार ६२५ जनाको आवेदन स्वीकृत भएको छ भने, बाँकी अस्वीकृत भएका छन् । स्वीकृत आवेदनमध्ये १२ हजार ३m सय ४० जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको हो । लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाका माध्यमबाट सेयर बाँडफाँड गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्