Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकको चाडबाड अफरः देशभित्र रेमिटेन्स पठाउन शुल्क नलाग्ने

सिंहदरबार संवाददाता
२०७९ भाद्र २०, सोमबार ०८:२४
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले चाडबाड अफरमा मोबाइल बैंकिङ मार्फत देशभित्र रेमिटेन्स पठाउँदा पैसा नलाग्ने योजना ल्याएको छ । बैंकले दशैं, दीपावली, नेपाल सम्बत् तथा छठ पर्वको अवसरमा मोबाइल बैंकिङ्ग एप मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको हो । बैंकले २०७९ भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुने गरी ल्याएको योजनामा बैंकका ग्राहकहरुले देशभित्र एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नेछन् ।

‘सेल्फ हेल्प’ बैंकिङ्गको अवधारणा अनुरुप मोबाइल बैंकिङ मार्फत नै आन्तरिक रेमिटेन्स देशभर पठाउन सकिने सुविधाबाट बैंकका ग्राहकहरूले लाभ प्राप्त गर्ने बैंकले दावी गरेको छ । ग्राहकहरुले आफ्नो एनआईसी एसिया मोबाइल बैंकिङ एप भित्र रहेको आईरेमिट आइकनमा ट्याप गरेर पठाउन चाहेको रेमिटेन्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिटेन्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिटेन्स पठाउन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसरी दैनिक अधिकतम २५ हजारसम्म रकम पठाउन सकिनेछ । यसरी पठाएको रकम देशभर रहेका बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

बैंकले मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । एनआईसी एसिया बैंक मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो ।

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनताले यो बैंकमा खाता खोलेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्