Shikhar Insurance
National Life

६ वटा मर्चेन्ट बैंकरले बिशिष्टीकृत लगानी कोष सञ्चालनको प्रमाणपत्र पाए

सिंहदरबार संवाददाता
२०७९ भाद्र १९, आईतवार १८:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ६ वटा मर्चेन्ट बैंकरले विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको अनुमती दर्ता प्रमाणपत्र प्राप्त प्रदान गरेको छ । बोर्डले ६ मर्चेन्ट बैंकरलाई विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र दिएको हो । पूँजी तथा वस्तु बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको काम गर्न भदौ १९ गते ६ वटा मर्चेन्ट बैकरलाई अनुमतीपत्र हस्तातरण भएको हो ।

बोर्डले प्रभु क्यापिटल सहित एनआईबिएल एस क्यापिटल, एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, नबिल ईन्भेष्टमेण्ट क्यापिटल, एनआईसी एसिया क्यापिटल सहित ६ वटा क्यापिटललाई प्रमाण पत्र दिएको हो । बोर्डले यस अघि ग्लोबल ईक्विटी फण्ड र अवसर ईक्विटी फण्डलाई लाइसेन्स दिईसकेको थियो । अब बजारमा ८ वटा संस्थाहरुले विशिष्टीकृत लगानी कोष अन्र्तगत कोष व्यवस्थापकको रूपमा काम गर्न लागि अनुमती दर्ता प्रमाणपत्र प्राप्त गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्