Shikhar Insurance
National Life

नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर

सिंहदरबार संवाददाता
२०७९ भाद्र १९, आईतवार १५:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली तथा झुठ्ठा मूल्य अभिवृद्धि कर विजक (भ्याट) जारी गरेको अभियोगमा तीन जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

विभागले भारतीय नागरिक धीरजकुमार जयसवाल, काठमाडौं महानगरपालिका–३२ का सुमनकुमार श्रेष्ठ र वीरगञ्ज महानगरपालिका–४ का राहुलकुमार जयसवालविरुद्ध १० करोड ९३ लाख २ हजार ६ सय ७६ रुपैयाँ बराबरको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विभागले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको भए पनि आज सार्वजनिक रुपमा जानकारी दिएको हो । विभागले मुल्य अभिवृद्धि करतर्फ १ करोड ७१ लाख ३२ हजार १ सय ७० रुपैयाँ, आयकरतर्फ ३ करोड ७५ लाख १९ हजार १ सय ६८ रुपैयाँ गरी ५ करोड ४६ लाख ५१ हजार ३ सय ३८ रुपैयाँ बराबरको बिगो गरेको पाइएको छ ।

विभागले बिगोको दोब्बर बराबरको सजायको माग दाबी गरेको हो । त्यसअनुसार आरोपीमाथि १० करोड ९३ लाख २ हजार ६ सय ७६ रुपैयाँ बराबरको सजायको माग गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्