Shikhar Insurance
National Life

असोज १ गतेदेखि शुक्रबारको सेयर कारोबार बन्द हुँदै

सिंहदरबार संवाददाता
२०७९ भाद्र १९, आईतवार १५:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले असोज १ गतेदेखि शुक्रबार हुने सेयर कारोबार बन्द गराउने भएको छ । आइतबार बसेको संचालक समितिको बैठकले शुक्रबार हुने २ घण्टे सेयर कारोबार रोक्ने निर्णय गरेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।

सरकारले जेठ १ गतेदेखि सातामा २ दिन बिदा दिने निर्णय गरेपछि नेप्सेले पनि आइतबारको साटो शुक्रबार ११ बजे देखि १ बजेसम्म सेयर कारोबार गर्न मिल्ने व्यवस्था गरेको थियो । तर, सरकारले साउनदेखि सो बिदा हटाएसँगै नेप्सेपनि शुक्रबार हुने कारोबारलाई खारेज र्गे तयारी गरिरहेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो तयारी पुरा गरी नेप्सेले असोज १ गतेदेखि सातामा ५ दिनमात्रै कारोबार खुला गर्ने निर्णय गरेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्