Shikhar Insurance
National Life

प्रभु बैंकले सेञ्चुरीलाई गाभ्न पायो सैद्धान्तिक स्वीकृति, मर्जरको सहुलियत पाउने

सिंहदरबार संवाददाता
२०७९ भाद्र १९, आईतवार १४:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंक मर्जर तथा प्राप्तीको सैद्धान्तिक स्वीकृति दिएको छ । केन्द्रीय बैंकको भदौ १५ गते बसेको संचालक समितिको बैठकले प्रभु बैंकले सेञ्चुरीलाई आफुमा गाभ्न सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको हो ।

संचालक समितिको बैठकले यी बैंकको मर्जर तथा प्राप्ती प्रक्रियामा सैद्धान्तिक स्वीकृति दिने निर्णय गत सातानै गरेपनि बैंकलाई पत्र भने आइतबार (आज) मात्र पठाएने राष्ट्र बैंक स्रोतले बताएको छ ।
‘निर्णय १५ गते बसेको बोर्डले नै गरेको हो तर, ‘माइन्युड’ मा सबैको हस्ताक्षर बाँकी थियो, त्यो आज सकियो । सम्बन्धित बैंक र संयुक्त मर्जर कमिटीमा आजै पत्र पठाइन्छ ।’– राष्ट्र बैंक स्रोतले सिंहदरबारसँग भन्यो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

गत साउन १५ गते प्रभु बैंकले १ः१ स्वाप रेसियोमा सेञ्चुरी बैंकलाई प्राप्ती गर्ने सम्झौता गरी स्वीकृतिको लागि राष्ट्र बैंक पुगेका हुन् । यी राष्ट्र बैंकले मर्जर तथा प्राप्तीमा जाने बैंकलाई दिइने सुविधा पुष मसान्तसम्म कायम नै राखेको हुँदा सो सुविधा उपयोग गर्न पाउनेछन् । भने, सरकारको तर्फबाट पाउने कर छुट्टको सुविधाका लागि समेत राष्ट्र बैंकले पहल गरिदिन सक्ने स्रोतको भनाइ छ ।

राष्ट्र बैंकको मर्जर तथा प्राप्ती विनियमावली, २०७३ को व्यवस्थाअनुरुप पत्र बुझेको ३ महिना भित्र यी बैंकले सम्पुर्ण सम्पति तथा दायित्व मूल्यांकन गराएर मर्जरको अन्तिम स्वीकृति लिइसक्नु पर्नेछ । अन्तिम लिएको १ महिना भित्रै एकिकृत कारोबार गर्नु पर्ने सो विनियमावलीमा उल्लेख छ । जसअनुसार अब यी बैंकले मंसिरको तेस्रो साता सम्म अन्तिम दिएर पुसकोे अन्तिम सातासम्म एकिकृत कारोबार सुरु गर्नुपर्ने हुन्छ ।

मर्जर पछि बैंकको नाम प्रभु बैंक र रहने र प्रभु बैंकका सिइओ अशोक शेरचन हुने र वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने रहने,  संचालक समितिमा ४ जना प्रभु बैंकबाट र तीन जना सेञ्चुरी बैंकबाट हुने सहमति भएको थियाे । हाल प्रभुको चुक्ता पूँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने सेञ्चुरीको ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । मर्जर पछि चुक्ता पूँजी २२ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्