Shikhar Insurance
National Life

तरकारीले बनायो आत्मनिर्भर

सिंहदरबार संवाददाता
२०७९ भाद्र १९, आईतवार १४:५४
Hyundai
NCELL
NIMB

चैतारा । सिन्धुपाल्चोकमा स्थानीय कृषकले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । जिल्लाको बलेफी, सुनकोशी, मेलम्ची क्षेत्रमा किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् ।

लटरम्म फलेको खुर्सानी, गोलभेँडा, घिरौला, बन्दा, करेला, धनिया, काँक्रो, सिमी जस्ता तरकारी लहलहाउँदो छ । टनेल विधिबाट तरकारी खेती गर्दा मौसमी र बेमौसमी तरकारी उत्पादन दोब्बर हुने भएपछि किसान यसतर्फ आकर्षित भएका छन् । पहिले खुल्ला स्थानमा तरकारी फलाउन नसकेका कृषक टनेलमा गरिएको खेतीले मनग्य उत्पादन गरिरहेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यहाँका कृषकले पाखाबारीमा मकै, गहुँ, जौ, कोदो, धान खेतीको साटो मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने गरेका छन् । अन्नबाली छाडेर व्यावसायिक तरकारी खेती गर्न थालेका किसान पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने मानसिकतालाई चुनौती दिँदै घरमै बसी तरकारी खेतीबाट आम्दानी हुन थालेको बलेफीका कृषक रोजन तामाङले बताए ।

बलेफीकै कृषक सङ्गीता तामाङ परम्परागत तरिकाले भन्दा नयाँ विधिबाट गरिएको खेतीले किसानलाई फाइदा दिएको बताउछिन् । लागत घटाउन, उत्पादन बढाउन र रोग कीराको समस्याबाट बच्न टनेल भित्र हाइटेक प्रविधि किसानले प्रयोग गर्न थालेका छन् । स्थायी संरचनाको प्लास्टिक टनेल बनाएर बिरुवाको जरा–जरामा आवश्यकताअनुसार सिँचाइ हुने थोपा सिँचाइ प्रविधि जडान गरिएको छ ।

हावा र प्रकाश छिर्ने पारदर्शी प्लास्टिकको टनेल बनाइएको छ । बिरुवाको जरा जरामा पाइपमार्फत बिरुवालाई आवश्यक पर्ने पानी र खाद्य तत्व आपूर्ति गराइन्छ । सुधारिएको गोठ निमार्णले बस्तु भाउको मूत्र पनि सदुपयोग हुने गरेको सुनकोसी–६ का कृषक प्रदीप भण्डारी बताउछन्।

उत्पादन भएको तरकारी बिक्रीका लागि समस्या नभएको मेलम्ची नगरपालिका–९ ज्यामिरेका तरकारी कृषक वासुदेव कटुवालले बताए । तरकारी बेचेर एक सिजनमा करिब १ लाख रुपयाँदेखि डेढलाख आम्दानी हुने गरेको कटुवालले बताए ।

जापानको परराष्ट्र मन्त्रालयको सहयोगमा पिस विन्ड्स जापानमार्फत समृद्धिका लागि यथायोग्य कार्यसस्था नेपालअन्र्तगत खानेपानी पहुँच तथा कृषि आय सुधार आयोजनाले मेलम्ची–९, सुनकोसी गाउँपालिका–६, बलेफी गाँउपालिका ४ र ६ का दुई सय ७७ घरधुरीलाई कृषक समूहमा आबद्ध गराएर प्रविधिसहित व्यावसायिक तरकारी खेतीमा जोडिएको छ । उनीहरुले उत्पादन गरेको तरकारी सङ्कलन केन्द्रमा जम्मा हुन्छ । किसानले बजारमा चलेको मूल्य पाउँछन् भने तरकारी मुख्य बजारमा बिक्री हुने गरेको छ । स्थानीय तहले कृषिमा सामग्री वितरणसँगै प्रविधि पनि सिकाउँदा थप उपलब्धि देखिने कृषि विज्ञ डा रामचन्द्र भुसाल बताउछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्