काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । कम्पनीको आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका आधारमा मूल्य समायोजन गरेको हो ।
समायोजनपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६६१.९० रुपैयाँमा झरेको छ । समायोजनअघि कम्पनीको सेयर मूल्य ६९५ रुपैयाँ रहेको थियो । कम्पनीको सेयर आईतबार समायोजनपछिको मूल्य ६६१.९० रुपैयाँबाट कारोबार खुलेको छ ।
नेप्सेले कम्पनीको सेयर मूल्य शुक्रबारको अन्तिम कारोबारको मूल्यको आधारमा समायोजन गरेको हो । शुक्रबार कम्पनीको सेयर मूल्य अन्तिम ६९५ रुपैयाँमा कारोबार भएको थियो ।
कम्पनीले आर्थिक बर्ष २०७७/०७८ का लागि कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको सातौं साधारण सभाबाट पारित हुनेछ ।
साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आज (भदौ १९ गते ) आईतबार बुक क्लोज गरेको छ । शुक्रबारसम्म नेप्सेमा सूचिकृत भई कायम सेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछ ।
प्रतिक्रिया दिनुहोस्