Shikhar Insurance
National Life

सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने मिति लम्बियो

सिंहदरबार संवाददाता
२०७९ भाद्र १९, आईतवार १३:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीको आईपीओमा आवेदन दिने मिति लम्बिएको छ । कम्पनीको भदौ ५ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको हो ।

कम्पनीको आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा अब असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको स्थानिय बासिन्दाका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीको सेयर अति प्रभावित क्षेत्र आमाछोदाङमो गाँउपालिका वडा नं. ५ चिलिमे, प्रभावित क्षेत्र आयोजना निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमोटादिङमो गाँउपालिका वडा नं. ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदाङमो गाँउपालिकाका अन्य वडाहरु १,२, ३ तथा न्यन प्रभावित बाँकी सबै जिल्लावासीहरुले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ७ सय कित्ता सेयरको लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको निष्काशन गरेको कुल १० प्रतिशत सेयर मध्ये अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ को अनुपातमा बाँडफाँड गरिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबनधक नागरिक लगानी कोष रहेको छ । भने, सह–निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्